पोखरामा रामचन्द्र सुवेदी लागूऔषधसहित पक्राउ

पाेखरा | माघ ४, २०८१

पोखरामा रामचन्द्र सुवेदी लागूऔषधसहित पक्राउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित रामचन्द्र सुवेदीलाई पक्राउ गरेको छ ।
 

पोखराको आलुमाईलाचोकमा लागूऔषधको कारोवार गरिरहेको गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले कास्कीको माछापुच्छ«े गाउँपालिका–८ घर भई पोखरा २५ बस्ने २७ वर्षीय सुवेदीलाई बुधबार लागूऔषधसहित पक्राउ गरेको हो । 

प्रहरीले सुवदीको कोठाबाट बरामद गरेको लागूऔषध । फोटो कास्की प्रहरी


आलुमाईलाचोकमा चेकजाँच गर्ने क्रममा सुवदीले चलाई ल्याएको ग १३ प ४१५४ नम्बरका स्कुटर रोकी चेकजाँच गर्दा स्कुरमा लुकाई छिपाई राखेको टेपेन्डोल ट्याब्लेट सय एमजी लेखेको ४ सय चक्की लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ । 


प्रहरीले थप अनुसन्धान गर्दै जाँदा सुवेदीले कोठामा लुकाई राखेको २ वटा कार्टुन र १ वटा जेब्रा झोलामा लुकाई राखेको े टेपेन्डोल ट्याब्लेट सय एमजी लेखेको १७ हजार ७ सय ८० चक्की, रामकृष्ण टोलस्थित कोठामा राखेको २ सय चक्की टेपेन्डोल  र ट्रामोल पचास एमजी लेखिएको ४६० चक्की  गरी १८ हजार ८ सय ४० चक्की लागूऔषध बरामद गरेको छ । 


लागूऔषधसहित पक्राउ परेका सुवेदीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्