पोखरामा रामचन्द्र सुवेदी लागूऔषधसहित पक्राउ

पाेखरा | माघ ४, २०८१

पोखरामा रामचन्द्र सुवेदी लागूऔषधसहित पक्राउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित रामचन्द्र सुवेदीलाई पक्राउ गरेको छ ।
 

पोखराको आलुमाईलाचोकमा लागूऔषधको कारोवार गरिरहेको गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले कास्कीको माछापुच्छ«े गाउँपालिका–८ घर भई पोखरा २५ बस्ने २७ वर्षीय सुवेदीलाई बुधबार लागूऔषधसहित पक्राउ गरेको हो । 

प्रहरीले सुवदीको कोठाबाट बरामद गरेको लागूऔषध । फोटो कास्की प्रहरी


आलुमाईलाचोकमा चेकजाँच गर्ने क्रममा सुवदीले चलाई ल्याएको ग १३ प ४१५४ नम्बरका स्कुटर रोकी चेकजाँच गर्दा स्कुरमा लुकाई छिपाई राखेको टेपेन्डोल ट्याब्लेट सय एमजी लेखेको ४ सय चक्की लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ । 


प्रहरीले थप अनुसन्धान गर्दै जाँदा सुवेदीले कोठामा लुकाई राखेको २ वटा कार्टुन र १ वटा जेब्रा झोलामा लुकाई राखेको े टेपेन्डोल ट्याब्लेट सय एमजी लेखेको १७ हजार ७ सय ८० चक्की, रामकृष्ण टोलस्थित कोठामा राखेको २ सय चक्की टेपेन्डोल  र ट्रामोल पचास एमजी लेखिएको ४६० चक्की  गरी १८ हजार ८ सय ४० चक्की लागूऔषध बरामद गरेको छ । 


लागूऔषधसहित पक्राउ परेका सुवेदीलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्